कीवर्डहरू -

युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा

युक्रेनमा मस्कले सुचारु गरे स्टारलिकं स्याटेलाईट ब्रोडब्याण्ड सेवा

स्टारलिकं सेवा युक्रेनमा पनि सुचारु गरिएको छ । स्टारलिकंका संस्थापक एलन मस्कले आफ्नो आधिकारिक ट्वीटर अकाउन्ट मार्फत यस बारेमा जानकारी दिएका छन् ।

कम्पनीले अझै टर्मिनलहरु देशमामा विस्तार गर्ने बताएको छ । युक्रेनका डिजिटल मन्त्री माईखाइलो फेडोरोभले रुसको आक्रमण पछि मस्कसँग स्टारलिकको माग गरेपछि एलन मस्कले १० घण्टाभित्रै स्टारलिकं सेवा उपलब्ध गराएका हुन् ।

सन् २०१८ को मार्चमा, अमेरिकाको अनुमतिमा स्पेस एक्सले इन्टरनेट सेवा प्रदान गर्नका लागी साटेलाईट लञ्च गरिएको थियो । यसको नाम भने स्टारलिङ्क हो ।

यसले दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा प्रदान गर्नका लागी मद्दत पु¥याउँछ । यसले ठूलो क्षेत्रमा इन्टरनेट प्रदान गर्नका लागी मद्दत पु¥याउने गर्दछ ।

स्पेस एक्सले सन् २०१९ मा ६० ओटा स्याटेलाईट लञ्च गरेको थियो । स्पेस एक्सले विशेष गरी रकेट र स्पेसक्राफ्टको लञ्च र निर्माण गर्ने गर्दछ ।

\"\"