कीवर्डहरू -

\'एनोनिमस\'को रुस विरुद्ध साइबर आक्रमणको घोषणा; क्रेमलीन, सुरक्षा मन्त्रालय लगायतका वेबसाईट ह्याक

\'एनोनिमस\'को रुस विरुद्ध साइबर आक्रमणको घोषणा; क्रेमलीन, सुरक्षा मन्त्रालय लगायतका वेबसाईट ह्याक

ह्याकिङ ग्रुप एनोनिमसले रुस विरुद्ध साइबर लडाइको घोषणा गरेको छ । रुसले युक्रेन विरुद्ध हमला गरेपछि एनोनिमसले साइबर आक्रमण गर्ने भएको हो । आफ्नो आधिकारिक ट्वीटर अकाउन्ट मार्फत ह्याकिङ ग्रुप एनोनिमसले जानकारी दिएको हो ।

रुसी सरकारको आधिकारिक वेबसाईटहरुलाई डिआक्टीभेट गर्नका लागि एनोनिमसले साइबर आक्रमण गर्ने भनेको हो ।

ह्याकरले क्रेमलीन, डुमा, सुरक्षा मन्त्रालय र रसिया टूडे आफैको वेबसाईट ह्याक गरिदिएको कुरा रसिया टूडेले बताएको छ । यी आक्रमण जारी राख्ने भन्दै एनोनिमसले पुनः अर्काे अकाउन्टबाट पनि धम्की दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अकाउन्ट पनि ह्याकरले फ्रिज गरिदिएका थिए ।

एनोनिमसले पहिले पनि अमेरिकी सरकारको एजेन्सी जस्तै सिआईए, आइएसआइएस, द वेस्टबोरो ब्यापिस्ट चर्च र द चर्च अफ साइन्टोलोजीलाई लक्षित गरिसकेको छ ।

Russian state TV channels have been hacked and are broadcasting the reality of what is happening in #Ukraine .

— Anonymous (@YourAnonOne) February 26, 2022

Russian state TV channels have been hacked and are broadcasting the reality of what is happening in #Ukraine .

— Anonymous (@YourAnonOne) February 26, 2022