कीवर्डहरू -

प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज सार्वजनिक गर्दै रियलमी

प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज सार्वजनिक गर्दै रियलमी

रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो ।

रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीले “विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेका छौँ । रियलमी जिटी २ प्रो ले सम्पूर्ण कुरालाई उच्च स्तरमा ल्याएको छ ।” भनेर बताएका छन् ।

रियलमीका भारतका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठले “हामी अझ ठूलो साहस र आकाङ्क्षाकका साथ सन् २०२२ मा प्रवेश गरेका छौँ ।

रियलमी जिटी २ सिरीजले नवप्रवर्तनको अग्रपङ्क्तिमा रहने हाम्रो दृष्टिकोणलाई मूर्तरुप दिनेछ । हाम्रा प्रयोगकर्ताहरुलाई व्यापक प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने शिलसिलामा प्रविधिको नवीनतामा यो घोषणा हाम्रो गो–प्रिमियम रणनितिलाई प्रतिनिधित्व गर्नेछ ।

गो–प्रिमियम रणनितिद्धाराप्रिमियम सेगमेन्टमा, आफ्नो उत्कृष्ट तथा नवीनतम प्रयोगको रेकर्ड तोड्नेछ ।” भन्ने बताए ।

तीन वर्षमा १० करोड युनिट विक्री गर्दै रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको छ । उच्च प्रविधि र डिजाइनमा नवीनता रियलमीको छिटो वृद्धिको आधार बनेको छ ।

रियलमी जिटी २ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशन समावेश छ जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्ताहरुलाई अद्भुत अनुभव प्रदान गर्नेछ ।