कीवर्डहरू -

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

ह्वावेद्वारा इन्टेलिजेन्ट र्यान वायरलेस आर्किटेक्चर जारी

ह्वावेको प्रि एमडब्लुसी ब्रीफिङ र प्रोडक्ट र सोलुसन लन्च कार्यक्रममा ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, इन्टेलिजेन्ट र्यानको अनावरण गरेको छ ।

यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओ एण्ड एम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो ।

ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा एडिएनलाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पारेका थिए ।

फाइभजीले वायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ । यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदैछन् ।

सेलहरू बीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि बाधा पुर्याइरहेको छ । र, ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ ।

यी चुनौतिहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग गर्दछन ।

तिनीहरु अब अप्टिमल अनुभव र इनर्जी दक्षताका साथ सञ्चालन हुन रिसोर्सेस कन्फिगरेसन र सरलीकृत ओ एण्ड एमका लागि प्रयोगकर्ता–केन्द्रित नेटवर्कहरूतिर ध्यान दिदैछन ।

ह्वावेको नयाँ इन्टेलिजेन्ट र्यानले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेडुलिङ्ग शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिन्छ ।

यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन् ।

इन्टेलिजेन्ट र्यान सङ्गैको सेवा प्रेडिक्सनले नेटवर्क साइडमा नन्–रीयल–टाइम स्पेक्ट्रम र च्यानल सेलेक्सन र रियल–टाइम सीम्बल सेड्युलिंग र बेस स्टेशन साइडमा ट्रान्स्मिट पावर कन्फिगरेसनलाई पनि गाइड गर्दछ । यसले महत्त्वपूर्ण रूपमा सम्पूर्ण नेटवर्कमा ऊर्जा खपत घटाउँछ ।

थप रूपमा, इन्टेलिजेन्ट र्यानले इन्टेलिजेन्ट एसएलए साइट योजनालाई सक्षम बनाउँछ जहाँ प्यारामिटरहरू डाइनामिक रूपमा कन्फिगर हुन्छन् र सेवा परिवर्तनहरूको प्रतिक्रियामा मोडेलहरू फ्लेक्जिबल रूपमा समायोजन गर्न सकिन्छ ।

इन्टेलिजेन्ट र्यान भएका सञ्जालहरूले इन्टेलिजेन्ट ओ एण्ड एम बाट पनि लाभ उठाउँछन् । तिनीहरूले त्रुटि पत्ता लगाउने र मूल कारण विश्लेषणलाई सुधार गर्न गल्तीहरू स्वयम् सिक्न सक्छन् ।

यसले निष्क्रिय प्रतिक्रियाहरूलाई सक्रिय मर्मतसम्भारसँग प्रतिस्थापन गर्छ, हामीलाई जीरो–फल्ट वायरलेस नेटवर्कहरूतिर एक कदम नजिक ल्याउँछ । इन्टेलिजेन्ट मिनिमम् ड्राइभ टेस्टहले नेटवर्क परफर्मान्सको लागि अल–राउण्ड हाई–प्रिसिजन म्याप निर्माण गर्नसँग पनि काम गर्न सक्छ । यसले नेटवर्क योजना, अप्टिमाइजेसन र भिआईपी प्रयोगकर्ता आश्वासनको लागि थप सही मार्गदर्शन प्रदान गर्दछ ।

इन्टेलिजेन्ट र्यानले कोलाबोरेटिभ पावर नियन्त्रण प्रयोग गर्दछ, जसले अप्टिमल मल्टि–ब्यान्ड कार्य सुनिश्चित गर्दै इलेक्ट्रो–म्याग्नेटिक विकिरण इन्टेन्सिटीलाई कम गर्दछ ।

यो विशेषताले केही देशहरूमा पावर रेस्ट्रीक्सन आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ । दिगो विकास प्रयासहरूका लागि ह्वावेले यो नयाँ आर्किटेक्चर कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको व्याख्या गर्दै गानले आफ्नो मन्तव्य व्यक्त गर्नु भयोः इन्टेलिजेन्ट र्यानले अटोनोमस सञ्जालहरूलाई सक्षम बनाउँछ ।