कीवर्डहरू -

जियोस्पाटियल वर्ल्ड फिफ्टी राइजिङ स्टारमा नेपालका उत्तम पुडासैनी

जियोस्पाटियल वर्ल्ड फिफ्टी राइजिङ स्टारमा नेपालका उत्तम पुडासैनी

नेपाल फल्याइगं ल्याबका निर्देशक तथा नक्साको सहसंस्थापक उत्तम पुडासैनी जियोस्पाटियल वल्र्ड फिफ्टी राइजिङ स्टारमा पर्न सफल भएका छन् ।

विश्वव्यापी रुपमा जियोस्पाटियल प्रविधिमा काम गरिरहेको मध्य शीर्ष ५० मा नेपालका उत्तम पुडासैनी पर्न सफल भएका हुन् ।

जियोस्पाटियल मिडिया एण्ड कम्युनिकेशनले संसार भरिबाट प्राप्त गरेको २५० जनाको हाई क्वालिटी नोमिनेशनबाट ५० जना छानेको छ जसमा उनी परेका हुन् ।

नक्साले सरकारी, गैर सरकारी र निजी क्षेत्रसँग जियो डेटा सकंलन, व्यवस्थापन र भिज्युलाइजेसन जस्ता प्रोजेक्टहरुमा काम गर्ने गर्दछ ।

उनले नेपालमा अन्र्तराष्ट्रिय संस्था वी रोबोटिक्ससँग सहकार्य गरेर स्थानीय रोबोटलाई प्राथमिक्ता दिने नेपाल फल्याइगं ल्याबको निर्माण गरेका हुन् । फल्याइगं ल्याब अरु ३० देशमा पनि स्थापना गरिएको छ ।

उनको नक्सा र फल्याइगं ल्याबको टिमले नेपालमा विभिन्न इनोभेटिभ प्रोजेक्टहरु ल्याइसकेको छ जसमध्य एउटा दुर्गम क्षेत्रहरुबाट ड्रोनको प्रयोग गरेर क्षयरोग विरामीहरुको खकार संकलन गर्ने रहेको थियो ।

पुडासैनीको संस्थाले भूकम्पको समयमा सुरक्षित घर भन्ने एप ल्याएको थियो । त्यस्तै कोभिडको समयमा स्वास्थय एपको निर्माण र न्यास्नल इन्नोभेसन म्यापिङ इनिसिएटिभ पनि सुरु गरेको थियो ।

नक्साले हाल नेपाल बाहेक अस्ट्रेलिया, अफ्रिका र स्वीजरल्याण्डमा पनि जियोस्पाटियल एपको निर्माणका लागि काम गरिरहेको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।