कीवर्डहरू -

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपतिनाथमा अब अनलाइनबाटै विशेष पूजा, पूजाको प्रसाद विश्वभर डेलिभर 

पशुपति क्षेत्र विकास कोषले अनलाइनबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था मिलाउने भएको छ । पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले अनलाइन पूजा सेवा सञ्चालनमा ल्याउने भएको हो ।

कोषले अनलाइन सेवा चाँडै सञ्चालनमा ल्याउने जनाएको छ । यो सेवा मार्फत कार्यव्यस्तता तथा अशक्तताका कारण चाहेर पनि पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने श्रद्धालु भक्तजनहरुले संसारको जुनसुकै स्थानबाट पनि पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुने पूजा अनलाइन मार्फत बुकिङ्ग गरेर सजिलैसँग गराउन सक्नेछन् ।

अनलाइनबाट बुकिङ्ग गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेल मार्फत प्रदान गरिनेछ । साथै विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको छ ।

पशुपतिनाथमा अनलाइनबाटै पूजा गर्न २५५ रूपैयाँदेखि २५ लाखसम्म शुल्क तोकिएको छ । पूजाको प्रकार अनुसार शुल्क निर्धारण गरिएको छ ।