कीवर्डहरू -

एमजीको नयाँ विद्युतीय गाडी नेपाली बजारमा, कति छ मूल्य ? 

एमजीको नयाँ विद्युतीय गाडी नेपाली बजारमा, कति छ मूल्य ? 

नेपालका लागि एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी एमजी जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ ।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ । एउटा ५१.५८ किलोवाट हाइ-टेक ब्याट्री भएको छ, जसको रेन्ज ३१९ किमी छ । अर्को ७२.६ किलोवाट ब्याट्री भएको छ, जसको रेन्ज ४४० किमी छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।

साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस इभि २०२२मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ ।

यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय ह्विल्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजी जेडएस् इभि २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल-ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

यसको चार्जिङ पोर्ट ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लंग रेन्जको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।