कीवर्डहरू -

२६ वर्षको उमेरमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका छोराको मृत्यु 

२६ वर्षको उमेरमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका छोराको मृत्यु 

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाका छोरा जेन नाडेलको मृत्यु भएको छ । २६ वर्षको उमेरमा सोमबार बिहान जेन नाडेलको मृत्यु भएको माइक्रोसफ्टले जानकारी दिएको हो ।

जेन नाडेला जन्मिदादेखि नै सेरेब्रल पाल्सी रोगबाट पिडित थिए । ब्लुमबर्गको एक रिपोर्ट अनुसार माइक्रोसफ्टले कार्यकारी कर्मचारीलाई इमेलमा जेनको मृत्य भएको जानकारी दिएको थियो ।

सन् २०१४ मा माइक्रोसफ्टको सीईओको रूपमा पदभार ग्रहण गरेपछि सत्य नाडेलले अपांगता भएका प्रयोगकर्तालाई राम्रो सेवा प्रवाह गर्न कम्पनीलाई केन्द्रित गरेका छन् ।

गत वर्ष सिएटल चिल्ड्रेन हस्पिटलले पेडियाट्रिक न्युरोसाइन्समा जेन नाडेला एन्डोव्ड चेयर बनाउन सत्य नाडेलासँग साझेदारी गरेको थियो, जुन सीएटल चिल्ड्रेन सेन्टर फर इन्टिग्रेटिभ ब्रेन रिसर्चको हिस्सा हो ।