कीवर्डहरू -

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ

सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।


 सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई चार वर्ष कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो।

४७ वर्षीय श्रेष्ठ कम उमेरमै उपकुलपति भएको नास्टले जनाएको छ। उनले सहरी विकासमा विद्यावारिधी गरेका छन्। यसअघिका उपकुलपति जिवराज पोखरेलको कार्यकाल चार महिनाअघि सकिएको थियो।