कीवर्डहरू -

एप्पलले रुसमा लगायो सबै एप्पल प्रडक्टको विक्रिमा प्रतिबन्ध

एप्पलले रुसमा लगायो सबै एप्पल प्रडक्टको विक्रिमा प्रतिबन्ध

एप्पलले रुसमा आफ्नो सबै सामाग्रीको विक्रिमा प्रतिबन्ध लगाएको छ । रुसले युक्रेन माथि आक्रमण गरेकाले एप्पलले यस्तो गरेको हो ।

कम्पनीले आफू शान्तिको पक्षमा रहेको र रुसले गरेको आक्रमणलाई सहयोग नगर्ने भनेर आफ्नो प्रडक्टहरु पनि विक्रि नगर्ने बताएको छ ।

कम्पनीले रुसमा एप्पल पेको सपोर्ट पनि सिमीत गरेको छ । एप्पलले गूगल जसरीनै युक्रेनका म्याप प्रयोगकर्ताका लागि ट्राफिक डेटालाई डिसेबल गरेको छ ।

गूगल, मेटा र अरु टेक कम्पनीहरुले रुसमा आफ्नो सेवा बन्द वा प्रतिबन्ध गरिदिएका छन् । एप्पलको सन् २०२० मा रुसमात्रै बाट २.५ बिलियन डलरको आम्दानी गरेको थियो र यसतो देशमा प्रतिबन्ध लगाउनु एप्पलको लागि ठूलै कदम हो ।