कीवर्डहरू -

‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न ठाउँको टिकट निःशुल्क

‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न ठाउँको टिकट निःशुल्क

‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।

आइएमई पे एपका प्रयोगकर्ताले फागुन १२ देखि २ महिनासम्म एयरलाइन्सको टिकट आइएमई पे एपमार्फत खरिद गर्दा लक्की ड्रबाट नेपालका विभिन्न गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछन् ।

निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरू रहेका छन् ।

आइएमई पे मोबाइल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउछन् ।

अफर अवधि भर ४ जना भाग्यशाली विजेताहरू छानिन्छन् । जसमध्ये हरेक विजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली विजेताहरूले उल्लेखित गन्तव्य मध्ये एउटा रोज्न पाउनेछन् ।