कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रमा खुवा बनाउने मेसिनको निर्माण भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खुवा बनाउने मेसिन विकास भएको जानकारी दिएका हुन् ।

महाशिवरात्रिको दिन २२ लिटर दुधको खुवा बनाएर उक्त मेसिनको परीक्षण गरिएको थियो । पुनका अनुसार २२ लिटर दुधको ५ केजी भन्दा अलि बढी खुवा बनेको थियो । उक्त खुवा करिब २ घन्टा समयमा ग्यासबाट पकाएको जनाइएको छ ।

यो मेसिनमा बिजुलीको मोटर र गियर राखिएको छ ।  एउटा बनाउँदा यसको मोटामोटी बिक्री मुल्य ४५ हजार रूपैयाँ जति पर्ने देखिएको पुनले बताएका छन् ।

तर धेरै मात्रामा मेसिनको निर्माण गर्दा सस्तो पर्ने उनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न विकास तथा अनुसन्धानका कामहरू गरिरहेको छ । त्यस्तै केन्द्रमा दुई दर्जन आविष्कार अन्तिम चरणमा रहेका छन् ।