कीवर्डहरू -

दराजमा अब हरेक आईतबार आईएमई पे डे, भुक्तानीमा १० प्रतिशतसम्म छुट

दराजमा अब हरेक आईतबार आईएमई पे डे, भुक्तानीमा १० प्रतिशतसम्म छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ ।

यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् । साथै दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।

यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।

यस साझेदारीको मुख्य उद्देश्य भने ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि थप कारणहरू प्रदान गर्नुको साथै नेपाली इ-कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले बताए ।

ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरू दराज एप वा वेबसाइट मार्फत सङ्कलन गर्नुपर्छ। संकलित भौचरहरू चेकआउटको समयमा स्वतः लागू हुनेछन्।