कीवर्डहरू -

स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका

स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका

स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक अभियानको सुरुवात गरेको छ । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासडर अनमोल केसी छन् ।

यस अभियान अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउँछन् । साथै, उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउँछन् ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरूले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । अथवा https://sprite.com.np/ मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्छ ।

त्यस्तै, सहभागीहरूले आफ्नो पुरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्छन् । यो योजना फागुन ८ देखि चैत १६ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीइटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुन्छ । बजारमा यो अफर लागू नहुने बोतलहरू पनि उपलब्ध छन् । ग्राहकहरूले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाण र सत्यताको लागि अनिवार्य रूपमा आफूसँग राख्नुपर्छ ।