कीवर्डहरू -

इन्फोडेभलपर्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

इन्फोडेभलपर्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

विगत १९ वर्षदेखि विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा क्रियाशिल कम्पनी इन्फोडेभलपर्स र एक दशक भन्दा बढीको लागि नेपालको रेमिट्यान्स क्षेत्रमा अग्रणी सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा लघुवित्त संस्थाहरुलाई पनि डिजिटल रेमिटेन्स प्रविधिमा जोड्ने उदेश्यले उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेका हुन् ।

इन्फोडेभलर्पसले सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग सहकार्य गरेर डिजिटल रेमिटेन्स सेवा सार्वजनिक गरेको छ । वित्तीय क्षेत्रको सफ्टवेयर निर्माणमा अग्रणी इन्फोडेभलर्पसले विकास गरेको ‘एमडबली मोबाईल बैंकिङ’ प्लेटर्फम मार्फत यो सेवा प्रयोग गरि बिना झण्झ्ट सजिलै देशभर पैसा पाउन/ पठाउन तथा विदेशबाट पठाएको रकम सजिलो र सुरक्षितसँग प्राप्त गर्न सक्नेछन् ।

एमडबली मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले अब इसेवा रेमिटको साथ साथै सिटी एक्सप्रेस मनी ट्रान्सफरको सुविधा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपालका अन्य प्रतिष्ठित रेमिटेन्स सेवा प्रदायकहरुसंग पनि छिटै नै आवद्ध हुने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीज्यूले जानकारी दिए  l

देशका अग्रणी भुक्तानी सेवा प्रदायकहरु (इसेवा, खल्ती, आईएमई पे, प्रभु पे) सँगको सहकार्यबाट एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई सफलतापूर्वक डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत आहिले सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन् साथै सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्न पनि सक्छन ।

त्यस्तै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्यु.आर. भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न सक्छन् ।

विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फोडेभलर्पस प्रा. लि. ले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ्ग सिस्टमका साथै अन्य विभिन्न सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

हाल इन्फोडेभलर्पसमा झण्डै एक हजार भन्दा बढी सहकारी तथा लघुवित्त संस्थाहरु आवद्ध रहेका छन् । साथै कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।