कीवर्डहरू -

हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्‍यो सम्झौता

हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्‍यो सम्झौता

हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो जुन २०१६ देखि नेपालमा सञ्चालन भइरहेको छ ।

प्रत्येक वर्ष हल्ट प्राइज टोलीले एउटा चनौती जारी गर्दछ जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयहरूमा व्यापक रूपमा सञ्चार गरिन्छ ।

१२१ भन्दा बढी देशहरूमा क्याम्पस निर्देशकहरूको नेटवर्क आयोजकहरूका अनुसार , स्टार्टअपका लागि हल्ट पुरस्कारले प्रत्येक वर्ष विजेता टोलीलाई एक मिलियन डलर पुरस्कारको रुपमा प्रदान गर्दछ ।

यो कार्यक्रम विद्यार्थीहरूलाई उनीहरूको नेतृत्व विकास गर्न र उनीहरूमा लकुेका क्षमताहरू पत्ता लगाउनलाई राखिएको हो ।

विगत बर्षको सफलतालाई पछ्याउँदै आयोजक समिति र सहभागीहरुले आफ्नो विचार र सीप प्रदशन गर्न यस वर्ष ब्रिटिश कलेजमा हल्ट परुस्कार आयोजना गर्ने तयारी गरेका छन् ।

ब्रिटिश कलेज द्वारा आयोजित र फ्रक्स जब द्वारा प्रायोजित हल्ट परुस्कार अन–क्याम्पस कार्यक्रम फुडमान्डुद्वारा सह–प्रायोजित छ ।

२० फेब्रअरी सन् २०२२ मा फ्रक्सजबसँगको बैठकमा प्रबन्ध निर्देशक, विमल कँडले र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले शीर्षक प्रायोजकको रूपमा एक साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसैगरी ०२ मार्च २०२२ मा फुडमान्डुसँगको बैठकमा सहायक प्रबन्धक ब्रान्ड मार्केटिङ, दिक्षा महत र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले सह–प्रायोजकको रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

त्यसगरी कार्यक्रमलाई उद्यमी इनोभेसनले “नलेज पार्टनर” र केकसेवाले "गिफ्टिङ पार्टनर” को रुपमा प्रायोजन गरेको छ ।

यस वर्षको ग्लोबल कल टुएक्शन “गेटिङ् द वोर्ल्ड्ब्याक टुवोर्क“ हो जहाँ विश्वव्यापी सोच र स्थानीय नेत्त्रित्व गरेर २०२४ सम्ममा २००० रोजगारीका अवसरहरू सिर्जना  गर्ने लक्ष्य राखिएको छ ।

सहभागी टोलीहरूको अनबोर्डिङ १८ फेब्रुअरीमा ब्रिटिश कलेजको कन्फरेन्स हलमा आयोजित गरिएको थियो जहाँ उनीहरूलाई अन–क्याम्पस कार्यक्रमको थप प्रक्रियाहरूको बारेमा स्पष्ट बुझाइएको थियो ।

मेन्टरहरू र मेन्टरशिपका लागि विषयहरू पनि कार्यक्रममा घोषणा गरिएको थियो जहाँदर्ता गरिएका टोलीहरूले आफ्नो विशेषज्ञतामा आधारित स्थानीय र बहुराष्ट्रिय निम्नानसार  विभिन्न सत्रहरू पार गर्नेछन् ।

हाल, स्थानीय र अन्तर्राष्ट्रिय स्थरमा काम गर्ने मेन्टरहरु संग स्टार्टअप को तयारीको लागी मेन्टरशिप भर्चुअल रुपमा चलिरहेको छ ।

यसले सहभागी टोलीहरुलाई आफ्नो व्यापार योजना अब्बल तुल्याउन मद्दत गर्नेछ ।

कार्यक्रम सहभागी र क्याम्पस निर्देशक बीच अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र संगै कार्यक्रम  समाप्त गरिएको थियो ।