कीवर्डहरू -

नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने 

नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने 

अब डेबिट तथा क्रेडिट कार्डबाट मोबाइल वालेट नमस्ते पेमा पैसा राख्न सकिने भएको छ । यसअघि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कनेक्ट आईपीएसबाट पैसा लोड गर्न सकिने व्यवस्था रहेको थियो ।

अब डेबिट तथा क्रेडिट कार्डबाट पैसा लोड गर्न सकिने सुविधा थप भएको हो । नमस्ते पेमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको छ ।

नमस्ते पेमा हाल टपअप, विद्युत, खानेपानीको बिल भुक्तानी लगायतका सुविधा छन् । नमस्ते पेमा हाल ४० भन्दा बढी बैंक तथा वित्तिय संस्थाबाट पैसा लोड गर्न सकिन्छ ।

रेमिट्यान्स, मुभि, टिभी,इन्स्योरेन्स प्रिमियम, सरकारी भुक्तानी, बस टिकट, होटल बुकिङ, हेल्थ केयर, डिम्याट, फ्लाइट टिकेट, इन्टरनेट, एजुकेसन लगायतका सेवा पनि नमस्ते पेमा केही समयमा उपलब्ध हुनेछन् ।