कीवर्डहरू -

हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न

हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेलको सेसन सफलतापूर्वक समापन गरेको छ ।

दुई घण्टाको कार्यक्रममा ५० जना सहभागी भएका थिए । कार्यक्रममा पोखरा च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका उप निर्देशक प्रवेश गौतम अतिथी वक्ताको रुपमा आएका थिए ।

प्रेजेन्टेशन स्लाईड मार्फत उनले व्यवसायिक विचार, बिजनेश क्यानभस मोडेल जस्ता विषयमा छलफल गरेका थिए ।

उनले सहभागीहरलाई डिजाइन थिंकिङ र त्यसको प्रयोगको बारेमा बताएका थिए । यनले स्रोतसाधन, साटर्नरको महत्वबारे पनि बताएक थिए । क्यू एण्ड ए सेसन मार्फत उनले सहभागीहरुको उत्सुक्ताबारे पनि कुरा गरेका थिए ।