ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध छ । यो पर्सनल तथा अफिस प्रयोगका लागि उपयोगी लेजर प्रिन्टर हो । यसको प्रोसेसर २६६ मेगाहर्ज र मोनो प्रिन्ट स्पिड ३० पेज प्रति मिनेट रहेको छ । अधिकतम प्रिन्ट रेजुलेसन २४००x६०० डिपिआइ रहेको छ । लोकल कनेक्टिभिटीका लागि उच्च गतिको युएसबी २.० इन्टरफेस समावेश गरिएको छ । त्यसैगरी, प्रिन्टर इलेक्ट्रो फोटोग्राफिक लेजर प्रिन्ट टेक्नोलोजीमा आधारित छ । यसमा दुवैतर्फ प्रिन्ट गर्न अटोम्याटिक डुप्लेक्सिङ फिचर पनि उपलब्ध छ ।
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टरका मुख्य फिचरहरुमा तिव्र गतिमा लेजर प्रिन्ट, फ्लेग्जिबल पेपर ह्यान्डलिङ, उच्च गुणस्त आउटपुट, टोनर सेभ मोड, कस्टमर सपोर्टहरु रहेका छन् । यसमा भएको उच्च क्षमताको रेजुलेसन र अटोम्याटिक डुप्लेक्सिङ फिचरले गर्दा प्रिन्ट स्पिड उच्च हुनुका साथै प्रिन्ट पनि सफा र गुणस्तर हुन्छ । यसमा ८ एमबि मेमोरी रहेको छ ।
त्यसैगरी, प्रयोग गरिने कम्प्युटरलाई उच्च गतिको बिल्ट–इन युएसबीमार्फत सहजरुपमा कनेक्ट गराउन सकिन्छ । यसमा २५० पेपर सिट इन्पुट र १०० सिट आउटपुट रहेको छ । यसको नेपाली बजार मूल्य रु. १९,३२० रहेको छ ।
Brother's HL-2320D specification
Model : HL-2320D
Function : High speed Duplex, Laser printer
Print Color : Black and White
Print speed : up to 30 ppm; Mono
Processor : 266 MHz
Memory : 8MB
Connectivity : Hi-Speed USB 2.0
Wireless : No
Drum Unit : Drum (DR-2325) up to 12,000 A4 pages
Paper Input : 250 input capacity
Paper output : 100 sheets
Resolution : up to 2400 x 600 dpi
Power Consumption : Deep Sleep 0.7W/ Ready 58W/ Printing 546W
Weights : 6.80 kg