कीवर्डहरू -

हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल

हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल

हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ ।

विद्यार्थीहरुले फेलोशीप प्रोग्राममा इन्जिनियरहरुबाट प्रशिक्षण पाउनेछन् र सामाग्रीको निर्माण र प्रयोगकर्ताहरुलाई सेवा दिने बारे सिक्न सक्नेछन् ।

फेलोशीप प्रोग्राम २०२२ मार्च १५ बाट हाम्रो पात्रो अफिसमा सुरु हुनेछ । हाम्रो पात्रोको फेलोशीप प्रोग्राम २०२२ मा निम्न उल्लेखित विद्यार्थीहरु छनौट गरिएका छन् ।

किस्ट कलेज अफ म्यानेजमेन्ट बाट सरोज ढंगोल, जनकपुर इन्जिनियरिङ कलेजबाट दिपरशन अधिकारी, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट मुकेश कुमार चौधरी, प्राइम कलेजबाट साहिल कुमार रञ्जित रहेका छन् ।

त्यस्तै काठमाडौँ इन्जिनियरिङ कलेजबाट रोजन अधिकारी, समवृद्धि कलेजबाट सचिन शाक्य, वेदास कलेजबाट एलिना श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजबाट ग्रिष्मा थापा मगर, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट सुशान्त बाबु लुइटेल, खोपा इन्जिनियरिङ कलेजबाट शिरिष्म तिताजु, थापाथली क्याम्पसबाट दिपु दाहाल, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट ज्योति शर्मा, पाटन बहुमुखी क्याम्पसबाट उज्जवल पुडाशैनी छनौटमा परेका छन् ।

यसैगरी सूचीमा हिमालय कलेज अफ इन्जिनियरिङबाट सुहेन्त विक्रम राणा, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट युक्त प्रसाद शर्मा, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाटै मिल्ली कायस्त, भक्तपुर बहुमुखी क्याम्पसबाट कृष्ण रिजाल, नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट मनिस कुमार मण्डल, अरकिड इन्टरनेशनल कलेजबाट प्रज्वल घिमिरे, पाटन बहुमुखी क्याम्पसबाट असबिन खतिवडा, एसियन कलेज अफ हाईयर स्टडीजबाट सुजन बोहोरा, काठमाडौँ इन्जिनियरिङ कलेजबाट अस्मिता मिश्रा, पाटन बहुमुखी क्याम्पसबाट सबिन गौतम र नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीबाट प्रतिक पौडेल पर्न सफल भएका छन् ।