कीवर्डहरू -

इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्रान्ड भिडा बजारमा आउँदै

इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्रान्ड भिडा बजारमा आउँदै

मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्यका लागि अथक प्रयासलाई निरन्तरता दिँदै आगामी विद्युतीय सवारी साधनहरू (ईभी) लगायत यसको आउँदो मोबिलिटी समाधानहरूका लागि हिरोद्वारा एकदमै नयाँ पहिचान बनाउन भिडा अनावरण गरेको छ ।

बिहीबार साँझ दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्यान्डमा आयोजित एक पृथक प्रकारको कार्बन न्युट्रल कार्यक्रममा हिरोद्वारा पावर्ड भिडालाई प्रस्तुत गर्दै, हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले पनि १०० मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनेबिलिटी फन्डको घोषणा गरेका थिए ।

कोषले बीएमएल मुञ्जल विश्वविद्यालय  (बीएमयु) र हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव पार्ने ईएसजी सोलुसनसमा १० हजारभन्दा बढी उद्यमीहरूलाई बढावा दिने उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राख्नेछ ।

दिगोपनमा ध्यान केन्द्रित भएर भावी पुस्ताहरूका लागि अर्थपूर्ण संसारको रचना गर्ने लक्ष्यका साथ डा. मुञ्जालले कार्यक्रममा आफ्नो लक्ष्यलाई जीवनमा ल्याउनका लागि केन्द्रित कार्य–बिन्दुहरू उल्लेख गरे ।

हिरोद्वारा पावर्ड भिडा को नयाँ ब्रान्डको लोगो र सनराइजु भिजुअल पहिचान अनावरण गर्दै मुञ्जालले भने, ‘भिडाकोे अर्थ जीवन हो । र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो । हामीलाई विश्वास छ कि हामीले हाम्रा सन्तती र अगामी पुस्ताको लागि जे निर्माण गरिरहेका छौं, त्यसका लागि यो नाम ज्यादै उपयुक्त छ । यो वास्तवमैै केही विशेष कुराको सुरुवात हो ।’

भविष्यका लागि तयार रणनीतिको केन्द्रीय स्तम्भको रूपमा, विश्वभर गतिशीलता परिवर्तनको नेतृत्व गर्न डा. मुञ्जालले नयाँ ब्रान्डको अनावरण गरेका हुन् । हिरोद्वारा पावर्ड भिडाको पहिलो विद्युतीय सवारी साधन आधिकारिक रूपमा जुलाई १, २०२२ मा अनावरण गरिनेछ ।

नयाँ भिडा मोडलको उत्पादन भारतको चित्तुरमा रहेको हिरो मोटोकर्पको ‘ग्रीन’ उत्पादन केन्द्रमा हुनेछ । सन् २०२२ को अन्तिमतिर ग्राहकहरूले यलाई किन्न पाउनेछन् ।