कीवर्डहरू -

वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने  

वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने  

नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।

शुक्रबार आयोजना भएको प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले वैशाख मसान्तसम्म एमडीएमएस सञ्चालनमा आउने जानकारी दिएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि प्रारम्भिक रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो । तर पूर्वाधारको अभावमा अझैसम्म उक्त सिस्टम पूर्ण रूपमा लागु हुन सकेको छैन् ।

यो सिस्टम पूर्ण कार्यान्वयनमा आएपछि अवैध मोबाइल चल्ने छैनन्, जसले गर्दा सरकारलाई पनि राजस्वमा टेवा पुग्ने छ । नेपालमा आयात हुने मोबाइलमध्ये ३०-४० प्रतिशत अवैध बाटोबाट आउने गरेका छन् ।

यो सिस्टम पूर्ण रूपमा लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नम्बर चल्ने छैनन् । उक्त मोबाइलमा सीमकार्ड प्रयोग गर्न सकिने छैन् । यदी तपाईको मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छैन् भने आजै दर्ता गर्नुहोस् ।

मोबाइलको आईएमईआई नम्बर दर्ता भएको वा नभएको कसरी थाहा पाउने ?

आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ वा छैन् भनेर थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यदी तपाईलाई आईएमईआई नम्बर थाहा छ भने मोबाइलको आईएमईआई नम्बर राखेर सबमिटमा क्लिक गरेर दर्ता भएको वा नभएको थाहा पाउन सकिने छ ।

यदी तपाईलाई आईएमईआई नम्बर थाहा छैन् भने *#०६# डायल गरेर आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन सकिने छ । यदी तपाईको मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ र एउटा सपोर्ट गर्छ भने एउटा देखाउँछ ।

अनलाइनबाटै यसरी गर्नुस् आईएमईआई नम्बर दर्ता

शुरूमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आवेदकको प्रकारमा नेपाली छनोट गर्नुहोस् भने टाइपमा आईएमईआई छनोट गर्नुहोस् ।

यति गरेपछि आफ्नो मोबाइलको ब्राण्ड नाम, मोडेल नाम, आईएमईआई नम्बर, आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा पासपोर्ट वा अन्य परिचयपत्र र इमेल लगायतका विवरण राखेर सबमिट गर्नुहोस् ।

यदी तपाईको मोबाइलको २ वटा आईएमईआई नम्बर छन् भने २ वटै दर्ता गर्नुपर्ने हुन्छ । आईएमई नम्बर राख्ने ठाउँमा सेमिक्लोन (;) अप्सन राखेर अर्को आईएमईआई नम्बर राख्नु पर्नेछ ।

तपाईले सबमिट गरेपछि तपाईको इमेलमा एप्लिकेसन सबमिट भएको जानकारी प्राप्त हुनेछ र भेरिफेसन प्रोसेस पुरा भएपछि इमेलमा पुनः जानकारी आउने छ ।