कीवर्डहरू -

\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा

\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ । 


‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।


काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन् । क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ ।


सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ–नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध गराइएको हो ।


त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ ।


यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले CAN टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ । त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि आकर्षक स्टल रहनेछ । 


यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । त्यस्तै, एनसेलको चर्चित सेल्फ केयर एप ‘एनसेल एप’ को बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड पनि गर्न सक्नेछन् । यसबाहेक एनसेलको अन्य विविध कस्टमर इन्गेजमेन्टसम्बन्धी गतिविधि पनि रहनेछ । 


मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ । यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् ।


यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ ।


कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।
प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।