टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।
माघ १८ गते देखि लागू भएको यो योजना फागुन १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो ।
तथापि, ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जिएम अनुपमणि ढकालले बताएका छन् ।
 
  टाटा मोटर्सको धमाका अन्तर्गत यी अफरहरु प्राप्त गर्न सकिन्छ ।
  
  – नगद खरिदमा विशेष छुट
 
– क्यास ब्याक अफर
– नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा
– नगद खरिदमा ३ सरल किस्ताको सुविधा
– आकर्षक अफर सहित एक्सचेन्ज को सुविधा
– ३ एमइआइ सम्म छुटको सुविधा
 
  – पुरानो टिपरको स्क्रयाप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट
 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      