कीवर्डहरू -

महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गरिदै

महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गरिदै

बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्ने भएको छ ।

यस ४५ पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशत छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकले देशभर रहेको महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यो केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आईरहेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरु : १६६००–१००–२०० र ९८०१५७१२१२ मा सम्पर्क गर्न सक्छन् ।