कीवर्डहरू -

ट्वीटरले आफ्नो नयाँ फिचर अर्को हप्तादेखि परीक्षण गर्दै 

ट्वीटरले आफ्नो नयाँ फिचर अर्को हप्तादेखि परीक्षण गर्दै 

ट्वीटरले ‘ओरिजीनल ट्वीटर’ ट्याग नामक नयाँ फिचर परीक्षणमा ल्याउने भएको छ । यस फिचरका अनुसार जसले ट्वीट्स थे्रड सुरु गरेको हो त्यसको सजिलै पहिचान गर्न सकिन्छ । ट्वीट्स थे्रड सुरु गर्ने व्यक्तिको ट्वीटमा ओरजीनल ट्वीटर ट्याग देख्न सकिन्छ । यसको बेटा परीक्षणका लागि एप्लिकेशन यही अर्को हप्तादेखि लिइने छ । यसका बेटा टेस्टरहरुले ट्वीटरको बेटा परीक्षणमा रहेको सम्पूर्ण नयाँ फिचरको प्रयोग गर्न सक्नेछन् ।


यसका साथै भविष्यमा ल्याउन लागेका तर, यस बेटा परीक्षणमा नरहेका फिचरहरु प्रयोगकर्ताको स्टेट्स देखाउने र आइस बे्रकर ट्वीट्स रहेका छन् । यसमा इन्स्ट्राग्राममा रहेको स्टेट्स देखाउने विशेषता जस्तै यसमा पनि प्रयोगकर्ताको स्टेटस देखाउने छ । आइस बे्रकर ट्वीट्स फिचर कुराकानी सुरु गर्नको लागि हो । यो नयाँ फिचर ल्याउनुको उदेश्य हेल्दी कनभरसेशन सुरु गर्नु रहेको छ ।