कीवर्डहरू -

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ ।

बैंकले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यसै क्रममा अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौता मार्फत नारायणी सामुदायिक अस्पतालमा बैंकको डेबिड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपिडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने भएको हो ।