कीवर्डहरू -

गलत समाचार फैलिन नदिने उदेश्यले ह्वाट्सएपले ल्यायो यस्तो सुबिधा

गलत समाचार फैलिन नदिने उदेश्यले ह्वाट्सएपले ल्यायो यस्तो सुबिधा

काठमाडौं  । गलत समाचार फैलिन नदिने उदेश्यले ह्वाट्सएपले फरवार्ड गर्ने संख्यालाई समित गराउने नियम ल्याएको  छ  । भारतमा ६ महिनाको परिक्षण पछि ह्वाट्सएपले सबै  प्रयोगकर्ताको लागि एउटा मेसेज एक पटकमा पाच जनालाई मात्रै पठाउन मिल्ने नियम ल्याएको हो  । यो भन्दा आगाडी भारत बाहेक अन्य देश मा २० जना सम्मलाई पठाउन सकिने नियम थियो । गत वर्ष भारतमा भ्रामक मेसेजहरु भाइरल भए पछि एक दर्जन लिन्चिङ का घटना भएका थिय । लिन्चिङ भनेको कुनै एक समूह द्वारा एक व्यक्ति लाई कथीत अपराध का लागि कानुनी सहायता बिना कठोर सजाय दिनु हो  ।

भारतमा धरै पिडितहरु लाई ह्वाट्सएपमा  फैलाइएका झुठा जानकारीका कारण अपहरणकर्ता ठानिएको थियो । भारतमा  यसैका कारण ले गर्दा झरखण्डमा सातजनाको मृत्यु भएपछि  फेक न्युज विवाद ले ठुलो रुप लिएको थियो । यस कारण गूगल , अमेजन , फेसबुक , टिन्डर लगायत का ठुला कम्पनी हरुले कुनै पनि फिचरलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउनु अघि परिक्षणका लागि भारत मा लन्च गर्ने गरेका छन ।ह्वाट्सएपले  ले प्रयोगकर्ताका अनुभब  प्रति सधै ध्यान  दिने र भाइरल सामग्रीहरुको निरीक्षण गर्न नयाँ विकल्प को खोजि जारी राख्ने जनाएको छ।