कीवर्डहरू -

भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा एकजना युट्युबरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानलका संचालक गुल्मीको भनभने ९ स्थायी घर भई बुटवल १३ बस्ने २१ वर्षीय राहुल थापा रहेका छन् ।

थापाले उक्त युट्युब च्यानलमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उदेश्य राखी भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य गरेको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

एसएसपी अर्यालका अनुसार थापालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर आइतबार पक्राउ गरिएको हो ।

अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

\"\"