कीवर्डहरू -

एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य 

एआई स्टार्टअप कम्पनी डकसुमोले उठायो ४३ करोड बीउ पूँजी, सयौं रोजगारी सिर्जना गर्ने लक्ष्य 

एआई स्टार्टअप कम्पनी डकसुमोले करिब ४३ करोड रूपैयाँ लगानी उठाएको छ । सन् २०१९ मा स्थापना भएको डकसुमोले बीउ पूँजीको रूपमा ४३ करोड रूपैयाँ उठाएको हो ।

डकसुमो युवा नेपाली डाटा वैज्ञानिक विक्रम दाहाल र उनका भारतीय साथी रुषभ सेठले संस्थापक गरेका थिए । नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चान भएकाले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्ने कम्पनीले जनाएको छ ।

अहिले फण्डिङ राउन्डमा फ्प्थि वाल, एर्बर रियालिटी ट्रष्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटल सहभागिता भएका थिए ।

नयाँ लगानी नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक-आधार बढाउन प्रयोग गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

नयाँ लगानीलाई सेवा विस्तार र जनशक्तिमा प्रयोग गरिने डकसुमोका संस्थापक विक्रम दाहालले बताए । ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन्,’ उनले भने, ‘हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुर्‍याउने योजनामा छौं । हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’

पछिल्लो १२ महिनामा डकसुमोले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र आम्दानीमा ६ गुणा वृद्धि गरेको छ ।

यसले हाल संयुक्त राज्य अमेरिका र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ । डकसुमोले यसअघि प्रि-सीड राउन्डमा २ लाख २० हजार अमेरिकी डलर लगानी उठाएको थियो ।

कमन ओसीयनका जनरल पार्टनर इगोर युलिसले आफुहरूले पोर्टफोलियो कम्पनीहरूमा डकसुमोको प्रविधि प्रयोग गरेको र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित प्रभावकारी रहेको बताए ।

नयाँ लगानीसँगै ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणीकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डर राइटिङका लागि डेटा र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको कम्पनीका अर्का संस्थापक रूषभले बताए ।

उनले भने, ‘कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई-फिकेशनलाई अगाडि बढाएको छ । यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् ।’