ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ अन्तर्गत आफूलाई मन परेका प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट दिन सक्ने भएका छन् ।
बैंकले मोबाइल एप प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भवस्’ भनी जीतका लागि बधाई दिन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।