कीवर्डहरू -

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो क्यासलेस सेटलमेन्ट सेवा

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो क्यासलेस सेटलमेन्ट सेवा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो बीमा पोलिसीमा थप दुई वटा सुविधा थप गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै आईएमई हेल्थ प्लस र क्यासलेस सेटलमेन्ट बीमालेख सार्वजनिक गरेको हो ।

यस बीमालेख अन्तर्गत कम्पनीले अब आफ्नो दुर्घटना बीमा पोलिसीका साथमा १८ प्रकारका प्राणघातक रोगहरुको निःशुल्क बीमा योजना ल्याएको जनाएको छ ।

यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातक रोग बीमा समावेश गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार मुख्यतः तीन वर्गमा प्रदान गरिने हेल्थ प्लस बीमालेख अन्तर्गत दुर्घटना बीमालेख अन्तर्गत बीमालेखको अवधिभर कुनै पनि समयमा बिमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरिक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख देखि १५ लाख रुपैयाँ सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।

यस्तै औषधोपचार बीमालेख अन्तर्गत बीमालेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्चमा १ लाख देखि ५ लाख रुपैयाँसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

घातक रोग बीमालेख अन्तर्गत बीमालेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बिमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

सर्तहरु यस्ता छन् -

-    परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने ।

-    ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

-    बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र परिपक्कको लागि ९ महिनाको वइटिङ पिरियड लाग्ने छ ।

-    औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ ।

-    यस बीमालेख अन्तर्गत  हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेषपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।

-    यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

यस्तै कम्पनीले आईजीआई इजि क्यासलेस क्लेम सेटलमेन्ट सुविधा ल्याएकोमा हाललाई काठमाण्डौं उपत्यका भित्र मात्र हुने जनाएको छ ।

कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको जनाएको छ ।

यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संझौतापत्रमा हस्ताक्षर गरी सेवाको शुरुवात गरेका छन् ।

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा  तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत सम्भार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको कम्पनीले बताएको छ ।