कीवर्डहरू -

म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएपका म्यासेज अब एकै ठाउँमा

म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएपका म्यासेज अब एकै ठाउँमा

काठमान्डौ । म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएप भन्ने सामाजिक संजाल को नाम सुन्नु भएको छ होला । यी सबै सामाजिक संजालका मेसेज फेसबुकले एक ठाउँमा ल्याउने योजना बनाएको छ । यस्तो भएपछि एक प्लेटफर्मबाट अर्को  प्लेटफर्ममा सजिलै म्यासेज पठाउन सकिने छ । अहिले म्यासेन्जर, इन्स्टाग्राम,ह्वाटसएप अलग अलग एपका रुपमा छन।यी तीन एपका सुविधा एउटै ठाउमा आएपछि प्रयोगकर्तालाई सहज हुनेछ। जस्तै इन्स्टाग्रामबाट सीधै म्यासेन्जर अथवा ह्वाटसएपमा मेसेज पठाउन सकिने छ। तीन एपका सुविधा एउटै ठाउमा ल्याउने  तयारी सुरु भएको र यो प्रक्रीया लामो हुने फेसेबूक ले जनाएको छ ।

यो काम सन २०२० सम्म सकिने आशा गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनएका छन । यो सुविधा ल्याउदा धरै प्रयोगकर्ता यस्मा जोडीने आशा गरिएको छ   ।हामी म्यासेज सेवामा प्रयोगकर्तालाई उत्कृष्ट अनुभब दिन चाहन्छौ । किनभने प्रयोगकर्ताले सजिलै आफ्ना साथीभाई र नातेदार संग संपर्क गर्न सकुन   । भनेर फेसेबूक ले आफ्नो एक विज्ञप्तिमा भनेको छ ।