कीवर्डहरू -

राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ? 

राईड शेयरिङ एप जायर सार्वजनिक, के के छन् सुविधा ? 

राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै जायर एप सार्वजनिक गरिएको हो ।

जायर एपबाट ट्याक्सी र मोटरसाइकल बुकिङ गर्न सकिने छ । एपमा जायर पिंकको सुविधा समेत रहेको छ, जुन सुविधाको प्रयोग गरी महिला प्रयोगकर्ताले महिला राईडर बोलाउन सक्नेछन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालीहरुले नै विकास गरेको र नेपालीपन भएको जायर एपले नेपालमा उद्यमशिलातामा पनि जोड दिएकोले खुसी लागेको बताए ।

त्यसैगरी जायर एपका ब्राण्ड एम्बेसडर क्रिकेटर पारस खड्का र कलाकार केकी अधिकारीले जायर एपको बारेमा प्रशंशा गरेका थिए ।

\"\"

त्यस्तै यसमा जायर प्रिमियमको सेवा पनि छ । जायर एपमा छिट्टै डेलिभरीको सुविधा उपलब्ध कम्पनीले जनाएको छ । कम्पनीले यसमा आवद्ध हुने राईडरका लागि आर्थिक सहयोग र स्वास्थ्य चेकअप गर्न जायर फाउन्डेसन सिर्जना गरेको छ ।

शुरूवाति समयमा कमिसन नलिने पनि कम्पनीले जानकारी दिएको छ । साथै चालकका लागि इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । जायरको एक्सक्लुसिभ पेमेन्ट पार्टनरको रुपमा आईएमइपे र टेक्नोलोजी पार्टनर सनबी  रहेको छ ।  एपको बारेमा थप जानकारी लिन वा डाउनलोड गरेर प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।