कीवर्डहरू -

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफोनमा ६४ जिबी र १२८ जिबीको स्टोरेज हुने हुँदा धेरैलाई स्टोरेजको समस्या नहुने भएता पनि सबैले स्टोरेज अपग्रेड गर्न सक्नेछन् भनेर भन्न सकिदैन् ।

त्यसैले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न सकिने फिचर ल्याउने भएको हो । गूगलले ६० प्रतिशतसम्म एपहरुको स्पेस घटाउने फिचरमा काम गरिरहेको बताएको छ ।

यो फिचरले पर्सनल डेटालाई पनि कुनै फरक गर्नेछैन् । एपलाई पुरै अनइन्स्टल गर्नुसट्टा यो फिचरले एपको केही भागलाई हटाउन दिने गर्दछ ।

यसले आर्काइभ एपिके भनेर नयाँ प्रकारकको एन्ड्रोइड प्याकेज सिर्जना गर्ने गर्दछ । लो एण्ड डिभाइस हुनेलाई यो फिचरले धेरैनै सहयोग पुर्याउने देखिन्छ ।