कीवर्डहरू -

डिजिटल माध्यमबाटै साइन गर्नका लागि गूगलको डक्यूसाइन,यसरी गर्नुहोस् प्रयोग

डिजिटल माध्यमबाटै साइन गर्नका लागि गूगलको डक्यूसाइन,यसरी गर्नुहोस् प्रयोग

अहिले पुरै विश्वनै डिजिटलाईजेसन तर्फ बढ्दै छ । कोरोनाको महामारीले गर्दा अहिले आधुनिक प्रविधिमा भर पर्ने बाहेक केही पनि उपाय छैन् ।

सामाजिक दूरी कायम गर्न वर्क फर्म होमको सोच बढ्दै गएको हुँदा अहिले कुनै कागजपत्रमा पनि डिजिटल माध्यमबाटै साइन गर्नुपर्छ । यो धेरैजनाको लागी समस्या पनि बन्न सक्छ ।

यसको लागी गूगलले सहज बाटो ल्याईदिएको छ । गूगलले आफ्नो गूगल डक्समा डक्यूसाइन भन्ने फिचर रहेको छ जसको प्रयोगले प्रयोगकर्ताहरुले कागजातलाई अपलोड गरेर डिजिटल माध्यमबाटै साइनगर्न सक्छन् ।

यसको लागी दिइएको प्रक्रिया प्रयोग गर्नुपर्छ :
गूगल डक्स खोलेर त्यहाँ कुनै डक्यूमेन्टमा जानुपर्छ । त्यसपछि माथिल्लो दाँयाभागमा रहेको तीनओटा थोप्ला भएको बटनमा थिच्ने र एड–अन्स भन्ने बटनमा थिच्नुपर्छ र त्यहाँगएर “गेट एड–अन्स”मा थिचेपछि त्यसले गूगलप्ले स्टोरमा लगिदिन्छ र त्यहाँ डक्यूसाइन भन्ने एप देखिन्छ र त्यसलाई इन्सटल गर्नुपर्छ ।

अब साइन गर्न मनलागेको डक्यूमेन्टलाई खोल्ने र डक्यूसाइन एड–अन्सलाई पनि खोलेर डक्यूसाइनमा साइन थिच्नुपर्छ ।

डक्यूसाइनमा लोग इनगर्ने या नयाँ अकाउन्ट खोल्नुपर्छ र अब डक्यूमेन्टलाई साइन गरेर सेभ गर्नुपर्छ । यसरी कागजातमा साइनगर्न सकिन्छ ।