कीवर्डहरू -

गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत

गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत

आइटी कन्सल्टिङ फर्म गार्टनरले हालै प्रकाशनमा ल्याएको निकै चर्चित र प्रभावकारी ‘म्याजिक क्वाड्रान्ट २०१८’ मा सिम (SIEM) सफ्टवेयर प्रदायक कम्पनी लगप्वाइन्ट सूचीकृत भएको छ । गार्टनर समूहले विश्वका अग्रणी मानिने सूचना तथा प्रविधिसम्बन्धी सेवा तथा उत्पादनको अनुसन्धान तथा विश्लेषणलाई विश्वस्तरीय मानिन्छ । उसले हालै ‘२०१८ गार्टनर म्याजिक क्वाड्रान्ट’ (2018 Gartner Magic Quadrant) सार्वजनिक गरेको छ ।

गुणात्मक तथ्यांक विश्लेषण विधिबाट हुने यो अनुसन्धानमा उत्कृष्ट कम्पनी वा सफ्टवेयर प्रदायकहरुको नाम सूचीकृत गरिन्छ । चारवटा श्रेणीमा विभाजित यो अनुसन्धानको नतिजामा लगप्वाइन्ट सेक्युरिटी इन्फर्मेशन एन्ड इभेन्ट म्यानेजमेन्ट ( SIEM) विधामा उत्कृष्ट कम्पनीहरुको अग्रणी सूचीमा पर्न सफल भएको हो । यसपछि लगप्वाइन्ट विश्वको आइटी उद्योगमा चर्चाको विषय बनिरहेको छ ।

गार्टनर ग्रुप र म्याजिक क्वाड्रान्ट
म्याजिक क्वारड्रान्टमा कम्पनी समावेश हुनुलाई आइटी कम्पनीहरुले महत्वपूर्ण उपलब्धि मान्दछन् । यसमा सूचीकृत कम्पनी तथा सफ्टवेयरबारे विश्वव्यापी चर्चा र बहस हुने गर्दछ । हालै यसमा समावेश लगप्वाइन्ट विश्व बजारमा सेवा प्रदायक सफ्टवेयर कम्पनी हो, जसको केन्द्रीय कार्यालय डेनमार्कमा छ भने शाखा कार्यालयहरु संयुक्त राज्य अमेरिका, युरोप र नेपालमा अवस्थित छन् ।

लगप्वाइन्ट नेपाल जावलाखेल ललितपुरमा रहेको छ र यसले लगप्वाइन्टका उत्पादन तथा सेवालाई विश्वबजारमा स्थापित एंव प्रतिस्पर्धात्मक बनाउन महङ्खवपूर्ण भूमिका खेलिरहेको छ । गार्टनरले म्याजिक क्वारड्रान्टमा समावेश गरेका कम्पनीलाई परामर्श सेवा प्रदान गर्नेछ भने समावेश भएका कम्पनीहरुले व्यावसायिक लाभ लिन सक्ने छ ।

गार्टनरद्वारा गरिएको अनुसन्धान आफैमा उत्कृष्ट औद्योगिक अनुसन्धान हो तथा क्रेतालाई समेत उत्पादन तथा सेवाको प्रयोगको निर्णयको निम्ति विश्वसनीय आधार हुने गरेको छ । जब ग्लोबल कर्पाेरेसनहरुले नयाँ सफ्टवेयरहरुको बारेमा खोजी सुरु गर्छन्, गार्टनरको अनुसन्धान पल्टाउँछन् । कुन सफ्टवेयर सेवाप्रदायकहरु सुचीकृत भएका छन् त्यो हेर्छन् । हरेक प्रडक्टका उत्कृष्टता अध्ययन गर्छन् । यसर्थ उनीहरुका लागि म्याजिक क्वाड्रान्ट बलियो आधार हुनेछ ।

‘म्याजिक क्वाड्रान्ट’ गार्टनरले वार्षिक रुपमा गर्ने अनुसन्धानको अत्यन्तै प्रभावकारी प्रतिवेदन हो । ‘म्याजिक क्वाड्रान्ट’ ले मूल्यांकनका विभिन्न मापदण्डहरुलाई सूक्ष्म विश्लेषण तथा परीक्षण गरी विभिन्न विधामा उत्कृष्ट हरेक उत्पादन कम्पनीहरुलाई सूचीकृत तथा श्रेणीकृत गर्ने गर्दछ । यसको अनुसन्धानको अन्य विधाहरु जस्तै डिजिटल बैंकिङ प्लेटफर्म, इन्टरप्राइज नेटवर्क फायरवाल, सिम ( SIEM) प्रडक्ट आदि समेत छ ।

लगप्वाइन्ट जस्ता SIEMसेवाप्रदायक कम्पनीहरुलाई ‘म्याजिक क्वाड्रान्ट’ मा समावेश हुनको निम्ति निश्चित वस्तुगत मापदण्ड जस्तै व्यवसायको आकार, उत्पादन तथा सेवाका विशेषता आदि जस्ता आधारहरु पुरा गर्नुपर्ने हुन्छ । गार्टनरले म्याजिक क्वाड्रान्टमा समावेश गरी सेवाप्रदायकहरुलाई श्रेणीकृत गर्दछ र त्यस्तो सूचीमा पर्नु हरेक सेवा तथा उत्पादन प्रदायक कम्पनीका लागि ठूलो उपलब्धि हुन जान्छ र सही अर्थमा यसले त्यस्ता कम्पनीलाई विश्वमा अग्रणी सेवा तथा उत्पादन प्रदायककर्ताको रुपमा स्थापित गर्दछ ।

लगप्वाइन्ट २०१८ म्याजिक क्वाड्रान्टका लागि SIEM विधामा समावेश भएको एक मात्र नयाँ उत्पादन तथा सेवा प्रदायक कम्पनी हो । यसले IBM, QRadar, Splunk र अन्य विश्वस्तरीय कम्पनीहरुसँग प्रतिस्पर्धा गरेको थियो ।

सिम सोलुसन्स (SIEM Solutions)
सिम सोलुसन्सले (SIEM Solutions) हरेक कम्प्युटर प्रणालीहरुबाट लगहरु (Logs) संकलन गरी अझ परिष्कृत गर्न सक्दछ । यसले परिचित ह्याकर साइटहरुसँग कम्प्युटर प्रणालीहरुको सम्पर्क भएमा प्रयोगकर्तालाई चेतावनी सूचना पनि दिन सक्छ । साथै प्रयोगकर्ताले चाहेको अवस्थामा विन्यासहरु ( Configurations ) परिवर्तन गरी फायरवायल र अन्य प्रणालीहरुलाई प्रतिरक्षाका लागि आदेश गर्न सक्छ ।

यसले यस्ता साइबर आक्रमणहरुलाई पत्ता लगाउन सक्छ, जहाँ प्रयोगकर्ताले जानेर वा नजानेर फरक रुपले काम गरेको अवस्था र त्यस्ता एकाउन्ट ह्याकरले दुरुपयोग गरेको अवस्थामा तुरुन्तै रोक्ने काम गर्दछ । यसले साइबर आक्रमणलाई रोक्न र पत्ता लगाउनुबाहेक सञ्जाल (Network) मा के के भइरहेको भनेर अभिलेख (Record) पनि राख्दछ ।

SIEM को शुरुवाती प्रयोग प्रणालीहरुको परीक्षण प्रयोजनका लागि गरिन्छ । के संस्थाले निर्धारण गरेको काम गर्ने प्रक्रिया पालन भइरहेको छ ? जस्तो कि कुनै कार्य गर्ने प्रक्रियामा दुइ तहको स्वीकृति प्रक्रिया छ, जसमा ‘क’ व्यक्तिले केही अनुरोध गर्छ (जस्तो निश्चित आकारको ऋण जारी गर्न ) र ‘ख’ व्यक्तिले यसका लागि स्वीकृत गर्नुपर्छ ।

प्रक्रियाअन्तर्गत त्यो ‘क’ र ‘ख’ व्यक्ति फरक हुनुपर्छ (वास्तवमै फरक नकि ‘क’ व्यक्तिले ‘ख’ व्यक्तिको पासवर्ड थाहा भएको होस्) । SIEM को अर्को प्रयोग भनेको व्यवसाय सञ्चालन दक्षता वृद्धि गर्नु हो । लगप्वाइन्टको प्रयोग गरी एउटा सरकारी संस्थाले ठूलो मात्रामा वचत गरेको उदाहरण छ, जहाँ एउटै व्यक्तिले ठूलो मात्रामा प्रिन्ट गरिरहेको थियो ।

नेपाली आइटी उद्योगका लागि ठूलो सम्भावना
म्याजिक क्वाड्रान्टमा लगप्वाइन्ट समावेश भएको यो विशेष सन्दर्भलाई हेर्ने हो भने युएस र युरोपमा समेत शाखा रहेको कम्पनीमा सहायक कम्पनी लगप्वाइन्ट नेपालको योगदान र भूमिका धेरै महङ्खवपूर्ण छ जसले सफ्टवेयर उत्पादनदेखि (Development) सुरक्षा विश्लेषण (Security Analysis), प्रयोगकर्ता ग्राहकहरुलाई सेवा (Service and Support) प्रदान गरिरहेको छ ।

नेपाली डेभलपर र इन्जिनियरले लगप्वाइन्टको USA आधारित उत्पादन व्यवस्थापनमा अनलाइन अन्तक्र्रिया BrainStroming हरुमा सहकार्य गरी रचनात्मक वाताबरणमा उत्कृष्ट उपायहरु अवलम्बन तथा प्रयोग गर्ने कार्य गरिरहेका छन् । यो बलियो उदाहरण हो कि नेपालबाट के उपलब्धी हुन सक्छ । अर्थात् सफ्टवेयर उत्पादन गर्नु भनेको विदेशी इन्जीनियरहरुको विस्तार आदेश पालना मात्र नभई त्योभन्दा बढी आफ्नो क्षमताको प्रयोग गर्नु पनि हो ।

लगप्वाइन्ट नेपालका बारेमा
लगप्वाइन्ट नेपाल प्रालि १० वर्षअघि स्थापना भएको हो र यसले लगप्वइन्ट सोलुसन अन्तर्गत सफ्टवेयर उत्पादनदेखि (Development) सुरक्षा विश्लेषण (Security Analysis), प्रयोगकर्ता ग्राहकहरुलाई सेवा (-Service and Support) प्रदान गरिरहेको छ । यो कम्पनीले एसिया प्यासिफिक क्षेत्रहरुमा बिक्री तथा बिक्री पूर्वका गतिविधिमा पनि सहयोग गरिरहेको छ । साथै विश्वभरी नै बिक्री पूर्वका कार्यको लागि सहयोग गरिरहेको छ ।

लगप्वाइन्टले हालैका वर्षहरुमा आफ्ना सेवाहरुमा व्यापक बिस्तार गरिरहेको छ । हाल नेपालमा कार्यरत १५० कर्मचारीहरु रहेका छन र आगामी बर्षहरुमा नेपालभर छरिएर रहेका क्षमताहरुलाई आकर्षित गर्ने लक्ष्यसंगै अझै आफ्नो विकासलाई निरन्तरता दिइरहेको छ । लगप्वाइन्ट नेपाली टेक्नोलोजिकल मंच र भेलाहरुमा पनि सक्रियताका साथ सहभागी भइरहेको छ ।