कीवर्डहरू -

मासिक ८०० रूपैयाँमा क्लासिक टेकको इन्टरनेट र टिभी, साथमा स्मार्ट सेटअप बक्स निःशुल्क

मासिक ८०० रूपैयाँमा क्लासिक टेकको इन्टरनेट र टिभी, साथमा स्मार्ट सेटअप बक्स निःशुल्क

क्लासिक टेकले अब मासिक ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको छ । क्लासिक टेकले पकेट प्लान अन्तर्गत प्रति महिना ८०० रूपैयाँमा ८० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने भएको हो ।

यस योजना अन्तर्गत निःशुल्क आईपीटिभी र स्मार्ट सेटअप बक्स पाइने छ । टिभीमा १७५ बढी च्यानलहरू उपलब्ध छन् । साथै इन्टरनेट निःशुल्क जडान हुनेछ ।

क्लासिक टेक नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक हो । कम्पनीले केही समय अगाडि नेपालमै पहिलो पटक मेस वाईफाईसहित १ हजार एमबीपीएसको इन्टरनेट सार्वजनिक गरेको थियो ।