कीवर्डहरू -

जफत भएका २० वटा ड्रोन लिलाम गर्दै नागरिक उड्डयन प्राधिकरण, सिलबन्दी बोलपत्र आह्वान 

जफत भएका २० वटा ड्रोन लिलाम गर्दै नागरिक उड्डयन प्राधिकरण, सिलबन्दी बोलपत्र आह्वान 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जफत भएका ड्रोन बिक्री गर्ने भएको छ । सम्बन्धित निकायबाट जफत भएर प्राधिकरणमा आएका २० वटा मानवरहित उपकरण अर्थात ड्रोन लिलाम बिक्री गरिने भएको हो ।

लिलाम बिक्रीका लागि प्राधिकरणले बुधबार सिलबन्दी बोलपत्र आह्वान गरेको छ । हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा ड्रोनको लिलाम बिक्री गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २० वटा ड्रोनको न्यूनतम कबोल मूल्य (मूल्य अभिवृद्धि करसहित) ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ तोखिएको छ । बोलकबोल दाताले आफुले कबोल गरेको रकमको १० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्नेछ ।

खरिद गर्न इच्छुकहरुले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

सरकारले सम्पदा, मठमन्दिर, सुरक्षा संवेदनशीलता लगायतका निश्चित क्षेत्रमा ड्रोन उडाउन नपाउने व्यवस्था गरेको छ । उक्त क्षेत्रमा ड्रोन उडाउन प्रशासनबाट अनुमति लिनु पर्छ । तर अनुमति बिना ड्रोन उडायमा त्यस्ता ड्रोन प्रहरीले नियन्त्रणमा लिन सक्छ ।