कीवर्डहरू -

मास्क लगाएरै फेस आइडीमार्फत आईफोन अनलक गर्न सकिने, एप्पलवाच पनि नचाहिने

मास्क लगाएरै फेस आइडीमार्फत आईफोन अनलक गर्न सकिने, एप्पलवाच पनि नचाहिने

एप्पलले आगामी हप्ता आइओएस १५.४ सार्वजनिक गर्ने भएको छ ।आईओएस १५.४ मा एप्पलले नयाँ फिचरहरु ल्याउने भएको छ ।

यो अपडेट डाउनलोडका लागि उपलब्ध भएपछि फोनमा नोटिफिकेसन आउँछ र त्यहाँबाट डाउनलोड गर्न सकिन्छ । यदी नोटिफिकेसन आएको छैन् भने मोबाइलको सेटिङ्गमा गएर जनरल अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट भन्ने अप्सनबाट पनि यो नयाँ अपडेट पाउन सकिन्छ ।

यो अपडेटले मास्क लगाएको समयमा एप्पल वाच प्रयोग नगरीकनै फेस आइडीको फिचर प्रयोग गर्न दिन्छ । यो फिचरले गर्दा मास्क लगाउँदा पनि फेस अनलकको फिचर प्रयोग गर्न सकिन्छ ।

तपाईको आँखाको छेउको फिचरलाई सम्झिएर फोन अनलक हुने गर्दछ । गत वर्ष एप्पलले आइओएस १४.५ सार्वजनिक गरेर मास्क लगाएको अवस्थामै एप्पल वाचमा रहेको फेस आइडी प्रयोग गरेर आईफोन अनलक गर्न सकिने फिचर सार्वजनिक गरेको थियो र यो वर्ष एप्पल वाच बिनानै यस्तो गर्न सकिने भएको हो ।

यो फिचर चस्मा लगाउने मान्छेका लागि पनि काम गर्छ तर सनग्लास लगाएको अवस्थामा भने चस्मा खोल्नुपर्ने हुन्छ ।