कीवर्डहरू -

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याणविक्रम पाण्डे र आइसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका हुन्‌ ।

सम्झौताअनुसार आइसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यक पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधा आइसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्ने बताइएको छ ।

सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनान्सिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरूमा सहकार्य हुनेछ ।