कीवर्डहरू -

रुसी स्टेट मिडिया वेबसाइटलाई सर्चबाट हटाउन गूगललाई यूरोपेली यूनियनको आग्रह

रुसी स्टेट मिडिया वेबसाइटलाई सर्चबाट हटाउन गूगललाई यूरोपेली यूनियनको आग्रह

यूरोपेली यूनियनले गूगललाई रुसी स्टेट मिडिया वेबसाईटलाई सर्चबाट हटाउनका लागि आग्रह गरेको छ । गूगलले यूरोपेली यूनियनले पठाएको चिठीलाई डेटाबेसमा अपलोड गरेर यसबारेमा जानकारी दिएको हो ।

चिठीमा यूरोपेली यूनियनले आरटी र स्पुतनिकको प्रसारणमा प्रतिबन्द लगाउन भनिएको छ । यही कुरा अरु सर्च इन्जिन र इन्टरनेट कम्पनीहरका लागि पनि लागु हुनेछ ।

रुसले युक्रेनमाथि आक्रमण गरेकाले यूरोपेली यूनियनले गूगललाई यस्तो आग्रह गरेको हो । सर्च इन्जिनले सूचनाको वितरणमा विशेष भूमिका खेल्ने भएकाले रुसलाई अफवाहहरु फैलाउनबाट रोक्नका लागि रुसको स्टेट मिडिया वेबसाईटलाई सर्चबाट हटाउन आग्रह गरिएको हो ।

यो कुरा गूगलले लागु गरेमा प्रयोगकर्ताहरुले स्टेट मिडियाहरुको सामाग्री सेयर गर्ने वा स्क्रीनसट लिएर पोस्ट पनि गर्न पाउँदैनन् ।