कीवर्डहरू -

बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ

बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ

पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै सावित भएको छ । यसैक्रममा प्रदेश नम्बर १ लाइ लक्षित गरि बिजससार डटकमले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।


विराटनगरमा मुख्य कार्यालय रहेको बिजसंसार डटकमको अनलाइन सपिङ्गको आईतबार एक कार्यक्रमविच विराटनगरका मेयर भिम पराजुलीले सार्बजनिक गरेका थिए ।

बिजसंसार डटकमका प्रबन्ध निर्देशक सन्दिप तामाङका अनुसार अब बिराटनगर लगायत प्रदेश नं. १ का सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता पुग्ने बताए ।

उनले अब ग्रहकहरूले घरमै बसेर विभिन्न सामानहरू अर्डर गर्न सक्ने रअनलाइन पेमेन्ट तथा क्यास अन डेलीभरी दुवै माध्यबाट कारोबार गर्ने गरिएको बताएका छन् । साथै कार्यक्रममा विजसंसारको ब्रान्ड एमबासिडर म्यान हन्ट इन्टरनेशनल तथा युवा अभियानता साजिद आलम रहेको घोषणा गरिएको थियो ।