नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एनसीएचएलले औपचारिक रूपमा नेपालपे क्युआर सेवाको थालनी गरेको हो ।
नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । नेपाल पे क्युआर स्क्यान गरेर सरकारी राजस्व समेत भुक्तानी गर्न सकिने छ ।
एनसीएचएलका अनुसार हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच मर्चेन्टस्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था गरिएको छ ।
एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलि पे र नेपाल पे क्यूआरलगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिने एनसीएचएलले जनाएको छ ।
मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यमबाट नेपाल पे क्युआर स्क्यान गरी विभिन्न सेवाको भुक्तानीका साथै सरकारी राजस्व तिर्न सकिने छ । नेपालपे क्युआरमा पाँच हजारभन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन् ।
हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आइपीएस लगायतका मोबाइल एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने छ ।