कीवर्डहरू -

बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट

बर्दिया गैँडा क्याम्प होटलमा सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले दाबी गरेको छ ।

बैंकले हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था पनि गरेको छ ।

मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल सुविधा पनि उपलब्ध गराएको छ ।

सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने र मुद्दती खाता खोल्न आवेदनसमेत दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जानकारी दिएको हो ।