कीवर्डहरू -

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गमा नेपालपे क्युआर समायोजन गरेको हो ।

सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट डिजिटल भुक्तानी गर्न सक्छन् ।

बैंकले नेपालपे क्युआरमा आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा बैंकले गरेको छ ।