कीवर्डहरू -

नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ ।

बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको जानकारी दिएको छ ।

उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयास भएको बैंकको दाबी छ । इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरूको उपस्थिति थियो ।

करिब चार घण्टा संचालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरूले यस किसिमको तालिमले आफ्नो व्यवसायिक क्षमता वृद्धिमा निकै सहयोग गर्ने बताएका थिए ।

आगामी दिनमा समेत यस्ता ग्राहकमुखी कार्यक्रमहरू संचालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभाग प्रमूख निरजकुमार बस्नेत डनिलले बताएका छन्‌ ।