कीवर्डहरू -

बिटकाेइन क्यास मेसिनलाई बन्द गर्न बेलायतकाे निर्देशन

बिटकाेइन क्यास मेसिनलाई बन्द गर्न बेलायतकाे निर्देशन

गैरकानूनी ढगंले चलिरहेको बिटकोइन क्यास मेशिनलाई बेलायतको वित्तिय आचरण प्राधिकरणले (एफसिए) बन्द गर्ने निर्देशन दिएको छ ।

क्रिप्टो एटिएम पनि साधारण एटिएम सरहनै देखिने गर्दछ र यहाँबाट मान्छेहरुले बैंकको कार्ड प्रयोग गरेर क्रिप्टोकरेन्सी खरिद गर्ने गर्दछन् । तर यो सेवा बेलायतमा गैरकानूनी रहेको छ किनभने बेलायतमा रहेका कुनै पनि क्रिप्टोकरेन्सी सेवालाई क्रिप्टो एटिएम चलाउन लाइसेन्स दिइएको छैन् ।

क्रिप्टो एटिएमको बढ्दो दरले गर्दा एफसिएले तुरुन्तै क्रिप्टो एटिएमलाई बन्द गर्न निर्देशन दिएको छ । बन्द नगरेमा प्राधिकरणले कारबाही गर्ने पनि जनाएको छ ।

कोइनएटिएम रेडारको अनुसार बेलायतमा ८१ सक्रिय क्रिप्टो एटिएम रहेका छन् । एफसिएले क्रिप्टो एसेट अनियमित र उच्च जोखिमवाला रहेकाले यसमा लगानी गर्दा पैसा गुमाउने डर हुने बताएको छ ।