कीवर्डहरू -

फोरजी विस्तारमा अनियमितताको आशंका

फोरजी विस्तारमा अनियमितताको आशंका

काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ दलका सांसदले प्रश्न उठाएका छन् ।

संसद्को अर्थसमितिको बैठकमा सतारुढ दलकै सांसदले सेवा अपग्रेड गर्दा हुने विषयमा नयाँ विस्तार गर्न खोज्नु अनियमितताको आशंका उब्जाएको बताएका हुन् ।

सतारुढ दलका सांसदले २१ अर्ब रुपैयाँ खर्च गरेर सञ्चार तथा प्रविधि मन्त्रालयले देशव्यापी फोरजी विस्तार गर्दै छ । टेलिकमले २१ अर्ब रुपैयाँमा लागतमा फोरजी विस्तारका लागि नयाँ प्रोजेक्ट चलाउँदा ठुलो वित्तीय दायित्व सिर्जना हुने र त्यसले कम्पनीलाई टाट पल्टिने अवस्थामा पु-याउने दाबी गरेका छन् ।

बैठकमा सत्तारूढ नेकपाका सांसदहरू मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायतले अनावश्यक रूपमा धेरै पैसा खर्च गर्न खोजिएको टिप्पणी गरेका थिए । सेवा अपग्रेड गर्दा हुने विषयमा नयाँ विस्तार गर्न खोज्नुले आर्थिक अनियमितताको आशंका जन्माएको बताए । ३३ महिनामा गर्ने भनिएको काम ठेकेदारले १२ महिनामामै सक्ने प्रतिबद्धता जनाए पनि त्यसमा विश्वास गर्ने आधार नभएको पनि उल्लेख गरेका छन् ।

तर, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा सञ्चालन हुने धेरै आयोजना अनावश्यक विवादमा फस्ने गरेको भन्दै कुनै पनि अवस्थामा आयोजना रोक्न नहुने बताए । उनले विस्तृत छलफल गरेर काम अघि बढ्ने र काम नहुने अवस्थामा कारबाहीको व्यवस्था गर्नुपर्ने बताए ।