कीवर्डहरू -

सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्दै कोड फर चेञ्ज

सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्दै कोड फर चेञ्ज

कोड फोर चेन्जले सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्ने भएको छ । यही मार्च र अप्रिलमा कोड फोर चेन्जले कोडफेस्ट २०२२ आयोजना गर्ने भएको हो । यस कार्यक्रमले विशेषगरी प्राविधिक क्षेत्रमा लागेको व्यक्तित्वहरुलाई लक्षित गर्ने भएको छ ।

कोडफेस्ट नेपालमा आयोजना गरिने सबैभन्दा ठूलो ह्याकाथन हो । यसले आईटी अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुले अध्ययन गरिरहेको पछिल्लो प्रविधिलाई व्यवहारिक तरीकाले देखाउने मौका दिन्छ र साथै एक्सपोजर पनि दिनेछ ।

कोडफेस्ट २०२२ ले समाजमा सकारात्मक प्रभाव पार्ने प्रविधिको विकासमा ध्यान दिनेछ । कोडफेस्टको च्यालेन्जहरु सेभेन सस्टेनेबल गोलमा आधारित हुनेछन् जुन संस्थाले पछि सार्वजनिक गर्ने बताएको छ ।

कोडफेस्ट सातै प्रदेश र राष्ट्रिय स्तरमा मार्च र अप्रिलमा आयोजना गरिनेछ ।